मुस्ताङ : थासाङ गाउँपालिका-२ सेकुङस्थित भेडी गोठमा गोठालो गरी बस्ने म्याग्दी रघुगंगा गाउँपालिका-१ घर भएका २३ वर्षीय रमेश पुनको सोही ठाउँस्थित सेकुङ तालमा डुबेर मंगलबार दिउँसो मृत्यु भएको छ ।
भेडा चराउन गएका उनी उक्त तालमा पौडी खेल्ने क्रममा डुबेर हराएको भन्ने जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी कोवाङबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा तालको बिच भागमा उनको शव फेला पारेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।















प्रतिक्रिया