रोल्पाको होलेरीस्थित कामना सेवा विकास बैंक अगाडि सेवा ग्राहीको भीड लागेको छ। निषेधाज्ञाको उल्लंघन गर्दै बैंकले सेवाग्राही भेला पारेर सेवा दिइरहेको हो ।
कोरोना महामारी जोखिमलाई मध्यनजर गर्दै जिल्लामा निषेधाज्ञा कडाइ गरिएको छ । तर, बैंकले भने त्यसको पुरै उल्लंघन गरेको पाइएको छ ।
बैंकमा भीडभाड भए पनि प्रहरी प्रशासन भन बेखवर जस्तै छ । ठाउँ-ठाउँमा निषेधाज्ञा कडा पार्न कुँदिरहेको प्रहरी प्रशासनको आँखामा भने कामनाको भीड पर्न सकेको छैन ।
कामना सेवा विकास बैंकका प्रदेश प्रमुख राजेश रावल जिम्मेवार भन्नु पर्नेमा उल्टै जनतानै अटेरि रहेको प्रतिक्रिया दिएर पन्छिन खोजेका छन् । ‘रोल्पाका मानिस अलि अटेरि भएकाले भीड भएको हो । सेवा लिन आएपछि दिनै पर्यो’, उनले अनलाइन पानासँग भने ।
भीडभाड गर्ने दायित्व बैंकको नै हुन्छ । त्यसैका लागि बैंकमा सुरक्षागार्ड राखिएको हुन्छ । तर, रावल उल्टै जनतालाई नै अटेरिको संज्ञा दिएर पन्छिएका छन् ।
बैंकलाई वडा अध्यक्षबाट पूर्ण समर्थन रहेको उनले बताए । सबैतिरबाट सहयोग हुँदा पनि किन भीड रोक्न नसकेको भन्ने जिज्ञासामा उनले कुनै आधिकारी जवाफ दिन सकेनन् ।
बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) प्रविन बस्नेत बैंक रहेको चोकमा केही घटना घटेकाले मान्छे भेला भएको हुन सक्ने भन्दै पन्छिए । उनले आफूहरूको कमजोरी समेत स्वीकार्न मानेनन् ।















प्रतिक्रिया