बेलायतमा कोरोना भाइरसको तेस्रो लहर तीव्र रुपमा बढेकाे छ। कोरोनाको संक्रमण संक्रमणदर ७४ प्रतिशतले बढेकाे छ।
बेलायतमा दुई महिनाअघि भेटिएको भनिएको भेरियन्टलाई निकै खतरनाक मानिएको छ । बेलायतमा पछिल्लो एक हप्तामा कोरोना सङ्क्रमण दर ७४ प्रतिशतले बढेको छ ।
‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा ७ हजार ५ सय ४० जना कोरोनाका नयाँ संक्रमित थपिएका छन्। यो संक्रमण दर गएको फेब्रुअरी २६ यताकै सबैभन्दा उच्च हो ।
गएको फेब्रुअरी २६ मा ८ हजार ५ सय २३ जनामा सङ्क्रमण देखिएको थियो। बेलायतमा कुल सङ्क्रमितको सङ्ख्या ४५ लाख ३५ हजार ७ सय ५४ पुगेको छ।
प्रतिक्रिया