Logo

समाचार

१०० देशलाई अनुदानमा दिन ५० करोड खोप किन्दै अमेरिका



अमेरिकाले विश्वका १०० मुलुकलाई सहयाेग गर्न ५० कराेड डाेज खाेप किन्ने भएकाे छ। अमेरिकाले फाइजर खोप किन्न लागेकाे हाे।

अमेरिकी राष्ट्रपति जो बाइडनको प्रशासनले दुई वर्षको अवधिमा ती देशलाई ५० करोड खोप डाेज उपलब्ध गराउने जनाएको छ।

यो वर्षभित्र २० करोड खोपको मात्रा वितरण गरिने र २०२२ मा बाँकी खाेप वितरण गरिने छ ।

गरिब देशलाई सघाउन अमेरिकालाई दबाब छ। ह्वाइट हाउसले ५० करोड खोपको वितरणबारे आधिकारिक जानकारी सार्वजनिक गरेकाे छैन। बिबिसीबाट

प्रकाशित मिति : २७ जेष्ठ २०७८, बिहीबार ०९:२९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।