Logo

समाचार

४६७ मतगणनामा बर्दिबास स्वतन्त्र उम्मेदवारको अग्रता



बर्दिबास नगरपालिकामा ४६७ मतगणना हुँदा स्वतन्त्र उम्मेदवार प्रल्हाद क्षेत्रीले अग्रता लिएका छन् ।

४६७ मतगणना गर्दा क्षेत्रीले १९०, एमालेका टेकबहादुर बलाम्पाकीको १०३, माओवादी केन्द्रका राजु खड्काको ५४, कांग्रेसका  चिरञ्जीवी हमालले ५ मत ल्याएको निर्वाचन अधिकृत भुपेन्द्र सापकोटाले जानकारी दिए ।

उपमेयरमा एमालेकी उम्मेदवार दुर्गा दाहालले अग्रता लिएकी छन् । माओवादी केन्द्रकी कृष्णमाया गौतमले ४८ मत प्राप्त गरेकी छन् ।

प्रकाशित मिति : बैशाख ३१, २०७९ शनिबार  ७ : ४४ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।