Logo

प्रमुख समाचार

महानगर र उपमहानगरमा कहाँ कतिबजेबाट मतगणना ? (विवरणसहित)



देशभर स्थानीय तह चुनावको मतगणना भइरहेको छ । केही  ठाउँमा परिणाम पनि आइसकेकाे छ । अधिकांश ठाउँमा नेपाली कांग्रेस र नेकपा एमालेबीच टक्कर देखिएकाे छ । 

चासोका साथ हेरिएको काठमाडौं महानगरको मतगणना भने बिहान ८ बजेदेखि सुरु हुँदैछ । त्यस्तै ललितपुर महानगरको मतगणना ९ बजेदेखि सुरु गर्ने सर्वदलीय बैठकले निर्णय गरेकाे छ । वीरगञ्ज महानगरको मतगणना बिहान ११ बजेदेखि गर्ने तयारी छ । 

विराटनगर, भरतपुर र पोखरामा पनि मतगणना सुरु हुन सकेको छैन । जनकपुर, जितपुर सिमरा र बुटवल उपमहानगरमा मतगणना भने सुरु भइसकेको छ । प्रारम्भिक परिणाम अनुसार कांग्रेसको अग्रता छ । 

इटहरी, धरान र कलैयामा ७ बजे सर्वदलीय बैठक बस्ने तयारी छ । घोराही र नेपालगञ्जमा ८ बजेदेखि मतगणना सुरु हुने तयारी छ । 

तुलसीपुर उपमहानगरको एक वडामा ३ गते मतदान हुने भएकाले मतगणना पनि त्यसपछि मात्र हुनेछ । धनगढी र हेटौंडा उपमहानगरपालिका केहीबेरपछि मतगणना सुरु गर्ने तयारी भएको छ ।  

प्रकाशित मिति : बैशाख ३१, २०७९ शनिबार  ७ : ५२ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।