Logo

समाचार

तीनजना सवार मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु



काठमाडौँ । सिन्धुलीको दुधौली नगरपालिका–३ चारघरेमा शुक्रबार साँझ मोटरसाइकल दुर्घटना हुँदा एक जना महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकलमा पछाडी सवार स्थानीय ६० वर्षीया आइतमाया सार्की रहेकी छन् । दुर्घटनामा गम्भीर घाइते भएकी सार्कीको उपचारको क्रममा प्राथमिक स्वास्थ्य चौकी सिर्थौलीमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकलमै सवार घाइते भएकी दुर्गामाया भुजेलको सोही स्वास्थ्यचौकीमा उपचार भइरहेको छ । तीन जना सवार रहेको नम्बर नखुलेको मोटरसाइकल हिजो साँझ सवा ५ बजे अनियन्त्रित भई दुर्घटना भएको थियो ।

मोटरसाइकल सहित फरार रहेका चालकको खोजी भइरहेको इलाका प्रहरी कार्यालय डकाहाले जनाएको छ ।

प्रकाशित मिति : बैशाख ३१, २०७९ शनिबार  ११ : ५४ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।