Logo

कोरोना संक्रमणबाट थप १९ जनाको मृत्यु



नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप १९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट देशभर १९ जनाको मृत्यु भएको छ ।

योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या पाँच सय ५४ पुगेको छ । आज देशभर दुई हजार दुई सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एक हजार एक सय ३३ संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।

हाल देशभर २३ हजार पाँच सय सात जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिनुभयो ।

प्रकाशित मिति : आश्विन १९, २०७७ सोमबार  ५ : ०३ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।