झापाको बुद्धशान्ति गाउँपालिकामा निर्वाचन आयोगले स्वतन्त्रलाई दिएको लौरो चिन्हमा मत खसेको छ । तर बुद्धशान्तिमा लौरो चिन्ह लिएर कुनै स्वतन्त्र उम्मेदवार भने उठेका छैनन् ।
हाल बुद्धशान्ति वार्ड नं १ को नमुना निमावि बुथको मत गणना भइरहेको छ । प्रमुख पदमा लौरोमा मत दिएको र अन्यमा पार्टीनिकट मत खसेको स्थानीय संवाददाताले बताएका छन् । लौरो चिन्ह लिएर बुद्धशान्तिमा कोही उम्मेदवार नउठेका कारण उक्त मत बदर भएको निर्वाचन अधिकृतको भनाइ छ ।
जनताले परिर्वतन खोजेको वा विकल्प रोजेको भन्ने कुरा बुद्धशान्तिमा लौरोमा खसेको मतले प्रष्ट पारेको छ ।
प्रतिक्रिया