Logo

समाचार

ललितपुर महानगरपालिका वार्ड नं १ का अध्यक्षमा कांग्रेसका बागी उम्मेदवार विजयी



ललितपुर महानगरपालिकाको वडा नम्बर १ को अध्यक्षमा कांग्रेसका बाग़ी उम्मेदवार निर्मल तन्डुकार  विजयी भएका छन् । तन्डुकारले ६६१ मत प्राप्त गरी विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी गठबन्धनतर्फबाट कांग्रेसका उम्मेदवार धुर्व तन्डुकारले ४२५  मत प्राप्त गरेका छन् ।

यसैबीच ललितपुर महानगरमा गठबन्धनतर्फबाट मेयरका प्रत्यासी कांग्रेसका चिरिबाबु महर्जनले ८७७ मत प्राप्त गरेका छन् भने एमालेका हरिकृष्ण ब्यंजनकारले ४०२ मत प्राप्त गर्दै महर्जनलाई पछ्याएका छन् । त्यस्तै, उपमेयरमा एमालेका उम्मेदवारले ४४४ मत प्राप्त गरी अग्रता कायम गरेका छन् । 

प्रकाशित मिति : जेष्ठ १, २०७९ आईतबार  ११ : ३८ बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।