Logo

मनसुन भित्रिँदै लाग्दा देशभरकाे माैसम प्रतिकूल, देशभर वर्षाकाे सम्भावना



नेपालमा एक-दुई दिनमा मनसुन भित्रिने भएकाे छ। बंगालको खाडी आसपास विकसित हुने क्रममा रहेको न्यून चापीय क्षेत्रका कारण नेपालको पूर्वी भूभागबाट मनसुनको आगमन हुन लागेकाे हाे।

मनसुन भित्रिनै लाग्दा पूर्वी भूभागमा पूर्वीय वायु तथा मध्य र पश्चिमी भूभागमा पश्चिमी वायु र स्थानीय वायुको मिश्रित प्रभाव परेकाे छ। जसकारण मुलुकभरकाे माैसम प्रतिकूल बनेकाे छ।

शुक्रबार दिउँसाे देशका धेरै  स्थानमा मेघगर्जन, चट्टयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, वागमती प्रदेश, लुम्विनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना छ।

शुक्रबार साँझ प्रदेश २, वागमती, लुम्विनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ।

शनिबार देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। देशका धेरै स्थानमा मेघगर्जन, चट्टयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश २, वागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ।

शनिबार राति प्रदेश १ का एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

आइतबार देशका धेरै स्थानमा वर्षाको सम्भावना छ। प्रदेश १, प्रदेश २, गण्डकी, लम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।

आइतबार राति प्रदेश १, २ र लम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षाको समेत सम्भावना छ।

 

प्रकाशित मिति : २८ जेष्ठ २०७८, शुक्रबार ०६:४५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।