Logo

प्रमुख समाचार

मतगणना ढिलो भएपछि काठमाडौँमा थपियो मत गन्न अर्को टोली



काठमाडौंमा मतगणनाका लागि ६ वटा टोली खटिएको छ। बिहानसम्म पाँच वटा टोलीले मतगणना गरिरहेकामा कार्यालय समय सुरू भएपछि एउटा टोली थप गरिएको हो।

नयाँ टोलीले काठमाडौं महानगरको वडा नम्बर ३१ को मतगणना सुरू गरेको छ। अहिलेसम्म काठमाडौं महानगरपालिकामा एउटा पनि वडाको अन्तिम मतपरिणाम आइसकेको छैन।

वडा नम्बर १, २, ३, ४ र ३२ को गणना भइरहेको थियो।

काठमाडौंको महानगरको सहायक निर्वाचन अधिकृत प्रेम प्रसाद पौडेलले नयाँ टोलीले मतगणना सुरू गरिसकेको जानकारी दिए।

अहिलेसम्म काठमाडौं महानगरको ६ हजार मत गणना भएको छ।

प्रकाशित मिति : १ जेष्ठ २०७९, आईतवार १३:४५   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।