Logo

समाचार

एमनेस्टीले संयुक्त राष्ट्रसंघ गुहार्‍याे, भन्याे- चीनले सिनजियांगमा मानवताविरुद्धकाे अपराध गर्‍याे



चीनले सिनजियांग प्रान्तमा मानवताविरुद्धकाे अपराध गरेकाे आराेप मानव अधिकार संगठन एमनेस्टी इन्टरनेशनलले लगाएकाे छ।

एमनेस्टीले चिनियाँ प्रशासनमा ‘अमानवीय र नारकीय’ अवस्था कायम गरेकाे आरोप लगाएकाे हाे। उत्तर-पश्चिमी प्रान्त सिनजियांगमा वीगर र अन्य मुस्लिम अल्पसंख्यककाे बसाेबास छ।

रिपाेर्टमा एमनेस्टीले संयुक्त राष्ट्रसँग सत्यतथ्य जाँचकाे अपील पनि गरेकाे छ। वीगर, कजाख र अन्य मुसलमानले हिरासत, निगरानी र यातनाकाे सामना गरिरहनु परेकाे रिपाेर्टमा भनिएकाे छ।

‘क्याम्पमा मान्छेलाई यातना दिनु मानवियतामाथिकाे ठूलाे झडका हाे। यहाँ लाखाै मान्छे त्रासमा छन्,’ रिपाेर्टमा भनिएकाे छ।

एमनेस्टीले चिनियाँ प्रशासनकाे हिरासतमा रहिसकेका ५५ व्यक्तिसँग कुराकानी गरेर १६० पन्नाकाे रिपाेर्ट बनाएकाे हाे। 

संगठनले दाबी गरेकाे छ याे कुराकाे प्रमाण छ कि मानवीयताविरुद्ध अपराध भएकाे छ। कैद गर्नु अन्तर्राष्ट्रिय कानुनकाे उल्लंघन हाे। स्वतन्त्रता हरण गर्नु, यातना दिनु र अत्याचार गर्नु पनि अन्तर्राष्ट्रिय कानुनकाे उल्लंघन हाे। 

चीनमा लामाे समयदेखि सिनजियांग प्रान्तमा वीगर र अन्य मुसलमान समुदायमाथि अत्याचार गरेकाे आराेप लाग्दै आएकाे छ। तर चीनले भने आराेपकाे खण्डन गर्दै आएकाे छ। बिबिसीबाट

 

प्रकाशित मिति : २८ जेष्ठ २०७८, शुक्रबार ०७:३५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।