एमालेका प्रतिनिधिको विरोधपछि भरतपुरमा रोकिएको मतगणना कार्य पुनः सुरु भएको छ । मतपत्रमा स्वस्तिक छाप स्पष्ट देखिए मात्रै सदर गर्ने सहमति भएको छ ।
यसअघि कस्तो मतलाई सदर र कस्तोलाई बदर मान्ने भन्ने विषयमा विवाद चर्केपछि एमाले प्रतिनिधिले मतगणना नै बहिष्कार गरेका थिए ।
हिजो मतगणना सुरु गर्नुपूर्व सामान्य त्रुटि भएका मतलाई सदर मान्ने सहमति भएको थियो । तर, आज एमालेको चुनाव चिह्नमा परेको मतमा सामान्य त्रुटि देखिए पनि बदर गर्न दबाब दिएको भन्दै आफूहरूले मतगणना बहिष्कार गरेको एमालेका प्रतिनिधिहरूले बताएका थिए ।
एमालेको विरोधपछि १५ मिनेट रोकिएको मतगणनाको कार्य अहिले सुरु भइसकेको छ । विवाद समाधानका लागि सर्वदलीय बैठक बसेको थियो । बैठकले यसअघिको विवादित मतलाई बदर मान्ने निर्णय गरेको छ ।
प्रतिक्रिया