Logo

कोरोनाका कारण विश्व जटिल अवस्थामा गुज्रिँरहेको छ : डब्लुएचओ



विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसका कारण संसार निकै जटिल अवस्थामा पुगेको बताएको छ । डब्लुएचओले विश्वव्यापी १० मध्ये १ जनालाई कोरोनाभाइरसबाट संक्रमित भएको बताउँदै कारोनाका कारण संसार गाह्रो अवस्थामा पुगेको बताएको छ ।

डब्लुएचओका आपतकालिन प्रमुख डा.माइकल रायनले सोमबार विश्वभर अब १० जना बराबर १ जना संक्रमित हुन सम्भावना देखिदै गएको बताएका छन् । यसको अर्थ विश्वको ठूलो जनसंख्या कोरोना महामारीको खतरामा पर्ने देखिएको छ ।

उनकाअनुसार सहरी, ग्रामीण र केही समूहमा देखिएको संक्रमणको आँकडा भने फरक–फरक हुनसक्छ । उनले सतर्कताबाट मात्र धेरैको ज्यान बचाउन सकिने जानकारी दिएका छन् ।

पछिल्लो तथ्याँकअनुसार अहिले विश्वको कुल जनसंख्या ७ अर्ब ६० करोडभन्दा माथि भएको अनुमान छ । एजेन्सीको सहयोगमा

प्रकाशित मिति : आश्विन २०, २०७७ मंगलबार  ८ : ०६ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।