Logo

सभामुखले बोलाएको सर्वदलीय बैठक सुरु, को-को छन् सहभागी ?



काठमाडौं । सभामुख अग्नि सापकोटाले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ । संसद् भवन बानेश्वर स्थित  ल्होत्से हलमा सुरु बैठकमा विपक्षी गठबन्धनका नेताहरू सहभागी भएका छन् । 

प्रतिनिधि सभा विघटनपछिको विकसित राजनीतिक घटनाक्रमको सम्बन्धमा छलफल गर्न बोलाइएको उक्त बैठकमा शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड, अध्यक्ष उपेन्द्र यादव, माधव कुमार नेपाल लगायतका नेताहरू उपस्थित रहेका छन् । 

सभामुख सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेतलाई पत्र पठाए पनि उनी भने अनुपस्थित रहेका छन् ।

प्रकाशित मिति : २८ जेष्ठ २०७८, शुक्रबार १५:०९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।