Logo

अनलाइनपाना बुलेटीन : देशभर कहाँ के भयो !



शुक्रबार पनि देशमा विभिन्न राजनीतिक घटनाक्रम भएका छन्। शुक्रबार गण्डकी प्रदेशमा कांग्रेसले बहुमत सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुखसामू दाबी पेस गरेको छ ।

यस्तै प्रमुख प्रतिपक्षीदल नेपाली कांग्रेसले १४औं महाधिवेशनका बारेमा छलफल गर्न शनिबार पदाधिकारी बैठक बोलाएको छ ।

के–के भए आज दिनभरी राजनीतिक घटनाक्रम

गण्डकी प्रदेशमा कांग्रेस नेतृत्वको विपक्षीद्वारा सरकारमा दाबी, बहुमत सांसदको हस्ताक्षर

सभामुखले गरे प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुसँग छलफल, लोकतन्त्र र संविधान बचाउन लाग्नुपर्नेमा जोड  

देउवाले बोलाए पदाधिकारी बैठक, महाधिवेशन कार्यतालिकाबारे छलफल हुने 

निर्वाचन आयागले महन्थ समूहलाई बहुमत सदस्यको हस्ताक्षर पेश गर्न दिएको समय सकिए पनि बुझाएनन् हस्ताक्षर

भारतद्वारा नेपाली भूमि हुँदै कैलाश मानसरोवर जाने सडक निर्माणमा फेरि तीव्रता, भारतीय रक्षामन्त्रीले गरे निमार्ण कार्यमा खटिएकाहरुको प्रशंसा

बीएण्डसीलाई सम्बन्धन दिने सरकारको तयारीविरुद्ध आन्दोलन गर्ने नागरिक अभियन्ताहरु पक्राउ 

पछिल्लो २४ घण्टामा तीन हजार ७५० कोरोना संक्रमित थपिए, ६७ जनाको मृत्यु 

सैन्य सरकारद्वारा म्यान्मारमा प्रदर्शनमा उत्रिएका थप ६३८ जना गिरफ्तार

नेपालको पूर्वी भूभागहरुमा मनसुन आगमन, एक दुई दिनमा नै देशभर फैलिने 

प्रकाशित मिति : २८ जेष्ठ २०७८, शुक्रबार २०:१८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।