काठमाडौं महानगरबाट दुई हजार भोट पनि ल्याउँदिनन् भन्ने हल्लाकाबीच विवेकशील पार्टीबाट उम्मेदवारी दिएकी रन्जु दर्शनाले धमाका नै मच्चाएकी थिइन् । दर्शनाले जारी मतगणनामा १० हजार मत नजिक पुगेर विरोधीहरुको मुख टाल्ने काम गरेकी थिइन् । महनगरको प्रमुखमा पहिले स्थानमा रहेका एमालेका विद्यासुन्दर शाक्यले २४ हजार २२ मत ल्याउँदा दोस्रो स्थानमा रहेका कांग्रेसका राजुराज जोशीले सात हजारले पछि पर्दै १७ हजार ५० मत ल्याएका थिए । जोशीलाई टक्कर दिंदै आएकी रन्जुले ९ हजार ६ सय ८८ मत ल्याएकी थिइन् । अब १० हजार मत ल्याउनबाट उनी तीन सय १२ मतले मात्र पछि छिन् ।
रन्जुले यति धेरै मत ल्याउनुका पछाडि कांग्रेसले आफ्नो भोट गएको दाबी गरेको थियो । आफ्नो दल उदार भएकोले उदार मतदाताले नयाँ पार्टीहरु विवेकशील र साझा पार्टीलाई भोट दिएको दाबी गरेको थियो । परम्परागत दल कांग्रेस, एमालेबाट वाक्क भएका न्युट्रल मतदाताले नयाँ पार्टीलाई भोट दिंदा विवेकशील र साझाले धेरै भोट ल्याएको विश्लेषण भएको थियो ।
२०७४ को स्थानीय चुनावमा महानगरको मेयरमा स्वतन्त्रसमेत गरी २८ जनाले उमेदवारी दिएका थिए । जसमा विवेकशील नेपाली दलकी रन्जु दर्शना न्यौपानेले २३ हजार ४३९ मतसहित तेस्रो भएकी थिइन् । त्यतिबेला युवा उमेदवार रन्जु दर्शनाको चर्चा निकै चलेको थियो । उनले राम्रै मत पाएकी थिइन् । त्यस्तै विवेकशील साझाका किशोर थापाले १८ हजार ४९६ मत पाएका थिए । उनी चौथो भएका थिए । नेकपा माओवादी केन्द्र भने उक्त निर्वाचनमा कमजोर देखिएको थियो । माओवादीकातर्फबाट मेयरको उमेदवार बनेका सर्वोत्तम दास डंगोलले ७ हजार ९०६ मत मात्रै ल्याएका थिए । उनी पाँचौं भएका थिए ।
यता अहिलेको स्थानीप्य चुनावमा स्वतन्त्रको रुपमा लौरो चिन्ह लिएर उभिएका बालेनको पनि अर्कै क्रेज रहेको छ । स्पष्ट विकाशनीति भएकाले उनलाई काठमतदाताले पत्याएको अवस्था छ । सुरुका दिनमा बालेनको पनि दर्शनाकै हाल थियो । यद्यपि दर्शना कुनै पार्टीबाट थिइन् भने बालेन स्वतन्त्रको रुपमा छन् । तापनि आम मानिसले गरेको टिप्पणी दुवैलाई उस्तै थियो । फेसबुकमाजस्तो हुँदैन चुनाव, हजार भोटसम्म आउला, विकाश गर्न दल नै चाहिन्छजस्ता आक्षेपलाई बालेनले हालसमको मतगणनामा चुप बनाइसकेका छन् । एकपल्ट काठमाडौँ हाँकिसकेका केशव स्थापितलाई बालेनले पाँचहजारको मतले पछि पादै अगाडि बढिरहेका छन् भने नेपाली कांग्रेसको विरासत बोकेको सिंह परिवारकी सृजना सिंहलाई बालेनले फराकिलो मतले निकै पछि छाडेका छन् । अन्य दल र स्वतन्त्रको मत निर्वाचन आयोगलेबाहेक सञ्चारले निकाल्न छाडिसकेको अवस्था छ ।
बालेनले हालसम्म सबै वडामा लिड गरिरहेका छन् । यही रफ्तारमा दायाँबायाँ नहेरी हिँडे भने अबको काठ–महाको मेयरमा बालेन चुनिने लगभग निश्चित भइसकेको छ । त्यसो त कतिपयले कोरसिटी गणना भएपछि मत उल्टिने भनी विश्लेषण पनि गरिरहेका छन् । तर अनुसन्धानले कोरसिटीमा पनि बालेनले नै अग्रता लिने संकेत छ ।
अघिल्लो चुनावमा १० हजार मतबाट रन्जुको अग्रतामा सुस्तता आएको थियो । धेरैको अनुमानमा बालेनले १० हजार मत कटाएपछि सुस्तता आउने आंकलन गरेका थिए । तर बालेनले उक्त कुरा चिर्दै आफ्नो अग्रतालाई कायमै राखेका छन् ।
प्रतिक्रिया