Logo

समाचार

भरतपुरमा १०९ मतले पछि परे विजय सुवेदी



भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रकी रेनु दाहालले नेकपा एमालेका विजय सुवेदीलाई १०९ मतले पछि पारेकी छन्।

अहिलेसम्म १८६८३ मत गनिसक्दा रेनुले ६२४९ मत पाएकी छन् भने प्रतिस्पर्धी सुवेदीले ६१४० मत पाएका छन्। यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ३०३८ मत पाएका छन् ।

उपमेयरमा भने कांग्रेसका चित्रसेन अधिकारी ७६११ मतसहित पहिलो स्थानमा छन्। उनलाई राप्रपाकी हिमला गुरूङले ५०३२ मत ल्याएर पछ्याइरहेकी छन्।

भरतपुरमा कांग्रेस र माओवादीबीच चुनावी तालमेल रहेको छ।

प्रकाशित मिति : जेष्ठ ३, २०७९ मंगलबार  २ : १६ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।