Logo

विश्व बैंकद्वारा नेपालको उच्च शिक्षालाई सशक्त बनाउन ६० मिलियन डलरको सहयोग 



विश्व बैंकले नेपालको शिक्षा क्षेत्र सुधारका लागि ७ अर्ब बढी रकम सहयोग गर्ने भएको छ ।

विश्व बैंकको कार्यकारी निर्देशकहरूको बोर्डले नेपालको उच्च शिक्षाको गुणस्तर सुधार गर्न, अनलाइन शिक्षाको स्तर बढाउन, र विपन्न र कमजोर विद्यार्थीहरूका लागि शैक्षिक संस्थाहरूमा पहुँच विस्तार गर्न ६० मिलियन डलर अनुमोदन गरेको छ ।

बैंकले नेपालको उच्च शिक्षा सुधारका लागि ६ करोड अमेरिकी डलर सहयोगको प्रस्ताव पारित गरेको हो । उच्च शिक्षाको गुणस्तर सुधार र विस्तारका लागि उक्त सहयोग रकम पारित गरेको हो ।

नेपालको शिक्षा क्षेत्र समयअनुसार सुधार गरी श्रम बजारका लागि आवश्यक दक्ष जनशक्ति तयार गर्न सहयोग गरिएको बैंकले जनाएको छ ।

यसबाट नेपालमा कोभिडपछिको आर्थिक पुनरउत्थानमा सघाउ पुग्ने बैंकको अपेक्षा छ ।

प्रकाशित मिति : २९ जेष्ठ २०७८, शनिबार १६:४१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।