Logo

प्रमुख समाचार

धरानले इतिहास रच्ने सम्भावना तीव्र



धरान उपमहानगरपालिकामा गठबन्धनका मेयर उम्मेदवार किशोर राई र स्वतन्त्र उम्मेदवार हर्क साम्पाङको मत अन्तर घटेको छ।

हालसम्म धरानमा २६ हजार ८४२ मत गणना भएको छ। यति बेलासम्म किशोर राईभन्दा हर्क साम्पाङ २५६ मत मात्रै पछि परेका छन् । त्यस्तै एमाले उम्मेदवारभन्दा हर्क साम्पाङ १०३६ मतले अघि छन् । अहिलेसम्म कांग्रेसका किशोर राईले ७७१७ मत ल्याएका छन्। हर्क साम्पाङले ७४६१ मत ल्याएर टक्कर दिइरहेका छन् । एमाले उम्मेदवार मन्जु भन्डारी ६४२५ मतसहित तेस्रोमा छिन् । उपमेयरमा गठबन्धनका माओवादी उम्मेदवार अइन्द्र बेघा ८६७० मतसहित अग्रता जोगाइराख्न सफल छन् । एमालेका पदम लिम्बू ८३२४ मतसहित बेघालाई पछयाइरहेका छन् ।

प्रकाशित मिति : जेष्ठ ४, २०७९ बुधबार  ९ : ११ बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।