Logo

उपत्यकामा निषेधाज्ञा एक साता लम्ब्याउन प्रमुख जिल्ला अधिकारीहरूको बैठक बस्दै



काठमाडौं उपत्यकामा वैशाख १७ बाट जारी निषेधाज्ञा थप एक साता लम्बिने भएको छ। कोरोना भाइरस संक्रमको साङ्लो तोड्न भन्दै पछिल्लो पटक एक साताका लागि थपिएको निषेधाज्ञा सोमबार सकिँदैछ। 

त्यसघि आइतबार काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठक दिउँसो २ बजे बस्न लागेको हो।

ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलालेले निषेधाज्ञा लम्बिने तर केही खुकुलो पारिने बताए। विद्यालयका पुस्तक ढुवानी र बिक्रीका लागि पुस्तक पसल खुलाउने तयारी प्रशासनको छ। नयाँ शैक्षिक सत्र असारबाट सुरु हुने भएपछि पुस्तक पसल खुल्ने भएका हुन्।

यसबाहेक कृषि र विकास निर्माणका क्षेत्रमा पनि आवश्यक सतर्कता अपनाइ खुकुलो बनाइने तयारी छ।

कोरोनाको संक्रमणदर घट्दै गएपछि सरकारले  जारी निषेधाज्ञालाई विस्तारै खुकुलो बनाउँदै लैजाने योजना बनाएर यसअघि नै जिल्ला प्रशासन कार्यालयमा परिपत्र गरिसकेको छ।  ।गृह मन्त्रालयका अनुसार मुलुकभर जारी गरिएको निषेधको आदेश कार्यान्वयन र सङ्क्रमणको अवस्थाबारे समीक्षा गरेर अघि बढ्ने तयारी भएको हो।

यद्यपि, सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, डान्सबार, दोहोरी, नाचघर, क्लब, पार्टी प्यालेस, स्विमिङ पुल, सपिङ मल, मनोरञ्जनस्थल, सैलुन, ब्युटी पार्लर, हेल्थ क्वब, फुटसल, जिमखाना, समूहमा खेलिने खेलकूद, पुस्तकालय, सङ्ग्राहालय, चिडियाखाना, दर्शकसहितको खेलकुदका गतिविधि भने अझै खुल्नेछैन ।    
    
मुख्यतः कृषि कर्मको बेला भएकाले त्यसलाई प्राथमिकता दिने योजना छ । 

 

 

प्रकाशित मिति : जेष्ठ २९, २०७८ आईतबार  ९ : ५० बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।