पृष्ठभूमि
मानिस भौतिक सुविधाको पूर्ति एवं विकासको नाममा सदैव पर्यायवरण माथि खेलबाड गर्दछ, जुन प्रदुषणकारी हुन्छ र प्रत्यक्ष अप्रत्यक्ष रुपबाट वातावरणाई प्रदुषित गर्दछ । जसलाई हामी प्रारम्भमा महशुश गर्दैनौं, परन्तु जब यो स्थिति असह्य हुन्छ अनि हामी यसबारे सोच्छौं । हरित गृह ग्यास बाहेक ‘नन्-बायोडिग्रेडेबल’ या ठोस प्रदुषणकारीको रुपमा प्लाष्टिक एउटा मुख्य प्रदुषक मानिन्छ । आजको बदलिँदो समयमा प्लाष्टिकका वस्तुहरुको उपयोग अधिकार डिस्पोजेवलको रुपमा गरिनुले यसको माग र उपयोगमा अचाक्ली वृद्धि भएको छ । प्लाष्टिक शब्दको उत्पति ग्रीक भाषाको प्लाष्टिकोज शब्दबाट भएको हो । प्लाष्टिकको आविष्कार सन् १८६२ मा इंग्ल्याण्डका अलेकजेन्डर पार्केसले गरेका हुन् । प्लाष्टिक एक प्रकारको पोलिमर यानी मोनोमार नामको दोहोरिने इकाईहरु एथीलिनको हुन्छ । जब एलीथीनलाई पोलीएथीलिन बनाउनका लागि पोलीमाइज्ड गरिन्छ ती कार्बन अणुको लामो श्रृंखला बनाउँदा जसमा प्रत्येक कार्बनलाई हाइड्रोजनका दुई परमाणुसँग संयोजित गरिन्छ । एउटा प्लाष्टिक थैलाले आफ्नो आफ्नो वजनभन्दा २००० गुणा अधिक बोझ उठाउन सक्दछ ।
प्लाष्टिक प्रदुषणबाट उत्पन्न हुने समस्याहरु
प्लाष्टिकले आज विश्वमा विशाल समस्याको रुप लिई सकेको छ । समाजका विभिन्न समुदायका मानिसद्वारा देश र पर्यायवरण वाग्मती मनोहरा नदीमा प्रत्येक हप्ता गरिने सफाइ अभियानमा निस्किने फोहोरमा प्लाष्टिक अत्यधिक भेटिनुले पुष्टि गर्दछ । आज देश दुनियाँभरिमा प्लाष्टिक प्रदुषण बढ्दै गइरहेको छ । एक प्रक्षेपण अनुसार हरेक वर्ष विश्वमा लगभग ५०० बिलियन भन्दा बढी झोला उपयोगमा ल्याइन्छ । विश्वमा प्रति वर्ष १० करोड टनको हाराहारीमा प्लाष्टिक उत्पादन हुन्छ र यसमा चार प्रतिशतले वृद्धि भइरहेको छ । पर्यायवरणको नोक्सानीको साथ-साथै यी झोलाहरु हरेक वर्ष नदीनालाहरु हुँदै समुन्द्रमा पुगिरहेका छन् । जसको परिणामस्वरुप समुन्द्री प्रजातिहरु दुर्लभ हुँदै गइराखेका छन् । जसका कारण समुद्रका जीव आफ्नो बचाउका लागि अन्य क्षेत्रमा पलायन भइरहेका छन् । नेपालमा प्लाष्टिकको उत्पादन र उपयोग बढी तेजीले जरो गाड्दै छ । प्लाष्टिक उत्पादका फोहोरले गर्दा जण्डिस, झाडापखाला, हैजा, आन्त्रसोध जस्ता रोगहरु फैलिने जोखिम हुन्छ ।
आज हाम्रो देशमा ८० प्रतिशतभन्दा बढी उत्पादन हुने प्लाष्टिक प्याकिङ् भइरहेका छन् । प्रत्येक देशवासीबाट प्रति वर्ष आधा किलो औसत प्लाष्टिक उपविष्ट पदार्थ जम्मा हुने गर्दछ । यसको अधिकतर भाग फोहोरमैलाको थुप्रोमा मिसिएर पर्यायवरणलाई प्रदुषित गर्दछन् । हालको अनुसन्धानबाट थाहा हुन्छ की प्लाष्टिकको बोतल एवं कन्टेनरको प्रयोगले क्यान्सर हुन सक्दछ । कारमा राखेको प्लाष्टिक बोतल घाम या ज्यादा तापमानका कारणले तातो हुन्छ भने प्लाष्टिकमा भएको हानीकारक रसायन डाइअक्सिनको चुहिने क्रम सुरु हुन्छ । जुन खाद्य सामग्रीसँग हाम्रो शरीरमा पुग्छ र क्यान्सर हुने खत्रा बढेर जान्छ । प्लाष्टिक त्यसै पनि धेरै खाले विषालु रसायनहरु मिलेर बन्दछ । जसबाट स्वास्थ्य तथा पर्यायवरणलाई धेरै हानी पुग्दछ । प्लाष्टिक झोलाहरु धेरैवटा विषालु रसायनहरु मिलेर बन्दछ । जसबाट स्वास्थ्य र पर्यायवरणलाई धेरै हानी पुर्याउँदछ ।
प्लाष्टिक झोला बनाउँदा जायलेन, इथिलिन अक्साइड र बेन्जीन जस्ता रसायन उपयोग हुन्छन् । यी रसायनहरुबाट धेरै खाले बिमारीहरु र कयौं प्रकारका डिसअर्डर हुने जोखिम हुन्छ । यी रसायन पर्यायवरणको लागि धेरै खतरनाक हुन्छन् । जसका कारण मानिस, जनवार, बोटविरुवाहरुलाई नोक्सान पुर्याउँछ । यसलाई डढाउँदा फ्याँक्दा पनि रसायनहरुको उत्सर्जन हुन्छ । जुन सास लिँदा शरीरमा प्रवेश गरी श्वास प्रक्रियामा प्रतिकुल प्रभाव पार्छ । केही विकसित देशमा प्लाष्टिकको रुपमा निकालिने फोहोर फाल्नका लागि खास किसिमको डब्बा राखिने गरिन्छ । जसमा ‘नन् डिग्रेडेबल’ फोहोर मात्र राखिन्छ । नेपाली उपभोक्तालाई सुपरमार्केट र पसलेले सामान लैजानका लागि हल्का सस्तो टिकाउ उपभोक्ता खुशी पार्न, धेरै अवसरमा सित्तै दिने गर्दछन् । टिकाउ पोलिथिन व्याग उच्च घनत्व पोलिथिनबाट बनेको हुन्छ र पसलहरु तथा स्टोरहरुमा धेरै जसो उपयोग गरिन्छ । जसलाई उपयोगपछि यताउता फोहोरमा फ्याँकिन्छ । जुन ढल या पानीमा बगेर घरको आउटलेट जाम गरी दिन्छ या फेरि त्यस क्षेत्रको ढल निकास थुनी दिन्छ ।
जसले जनसमुदायलाई अप्ठ्यारो परिस्थिती श्रृजना गर्दछ । प्लाष्टिकको फोहोर माटोमा फालिन्छ । जुन सयौं वर्षमा पनि गल्दैन र केही समय पछि स–साना टुक्रामा विघटित भएर बिऊ अंकुरण हुने बेला परेशानी गराउँछ या माटोको उर्वरतालाई प्रभावित गर्दछ । यसलाई जलाउँदा डि-अकसिन, जुन खतरनाक विषालु हुन्छ । बेकार प्लाष्टिकलाई एकै पटक रिसाइक्लिङ्ग गर्न मुश्किल हुन्छ किनभने यी कयौं प्रकारका प्लाष्टिकबाट बनेका हुन्छन् र प्रत्येकलाई पुणनविकरण अलग-अलग प्रकारले गर्नुपर्ने हुन्छ । यसमा पनि भएको केवल ३ प्रतिशत मात्र हर साल पुनरावृत्त हुन्छ । हाम्रो दैनिक जीवन साँच्चै प्लाष्टिकको दुनियाँमा सरोबर भएको छ । जसबाट नीजात पाउन असम्भव छ । किनकी यसले हाम्रो जीवनलाई सरल बनाएको छ । यसलाई हामी अधिकतर तेलबाट बनाउँछौं, जुन प्राकृतिक संशोधन क्षय हो । यदि हामीले प्लाष्टिकको उपयोग कम गर्छौ भने त्यति नराम्रो होइन तर अन्धाधुन्द उपयोग खतरनाक भइरहेको छ ।
प्लाष्टिकको हालको खपत हाम्रो देशमा १२ मिलियन टन प्रति वर्ष छ । जुन २०३० सम्म २० मिलियन टन प्रति वर्ष हुने सम्भावना छ । आजभोली सरसफाइबाट निस्किने फोहोरमैलाको तुलनामा लगभग ८० प्रतिशत फोहोरमैला कुनै न कुनै रुपमा प्लाष्टिक अवशिष्ट हुने गर्दछ । प्लाष्टिक फोहोरमैलाको प्रबन्धन आज चिन्ताको विषयको भएको छ । किनभने यो बायोडिग्रेडेवल नभएको हुनाले यसको प्रबन्धमा कठिनाइ उत्पन्न हुन्छ । यसको सुरक्षित निपटाराको लागि ध्यान दिनु जरुरी छ । बायो प्लाष्टिक एक प्रकारको प्लाष्टिक हो जसलाई बोटबिरुवाको स्टार्च पेपर उद्योगको अवशिष्ट पदार्थबाट बनाइन्छ । जुन अरु खाले प्लाष्टिकको विपरित माटोमा विघटित भएर बिलिन भएर जान्छ । जुन पर्यायवरणको लागि बेहतर हुन सक्दछ ।
विश्व पर्यायवरण दिवस २०१८ मा संयुक्त राष्ट्र संघले नाराको रुपमा बीट प्लाष्टिक प्रदुषण, प्लाष्टिक प्रदुषण खत्तम गरौं सारेको देखिन्छ, दुनियाँ एकल उपयोग प्लाष्टिक जसले समुद्री जीव मानव स्वास्थ्य, पशु स्वास्थ्य, कृषि क्षेत्रको उर्वरतालाई क्षति पुर्याउँछ । यसले सरकारहरु उद्योगहरु, समुदायहरु र व्यक्तिहरु एकसाथ आउनाले टिकाउ विकल्पहरु पत्ता लगाउनमा जुट एवं कपडाले बनेको किनमेल झोला प्रयोग गर्न र यसलाई लोकप्रिय बनाउनु जरुरी छ । हामी कागजको थैलो पनि उपयोग गर्न सक्छौं र त कागज पनि वन फडानीसँग जोडिएकाले यसको उपयोग सीमित हुनुपर्छ । प्लाष्टिकको फोहोर मैला ठेगान लगाउन अहिलेसम्म तीन उपाय अवलम्बन गरिँदै आइएको छ । (१) आमतौरमा यो नसड्ँने प्रवृतिका कारण यसलाई गहिरो प्रदुषणकारी हुन्छ । (२) यसलाई जलाइन्छ तर यो तरिका प्रदुषणकारी हुन्छ । प्लाष्टिक जलाउँदा आमतौरमा कार्बनडाइअक्साड ग्यास निस्कन्छ । उदाहरणको रुपमा पोलीस्टिरिन प्लाष्टिक जलाउँदा क्लोरो फ्लोरो कार्बन ग्यास निस्किन्छ । जसले वायुमण्डलको ओजोन तहको लागि हानीकारक हुन्छ । यसैगरि पोलीभिनाइल क्लोराइड जलाउँदा नाइट्रिक एसिडजस्ता ग्यास निस्कन्छ, जुन विषालु हुन्छ । (३) प्लाष्टिकको यो उपाय सर्वाधिक चर्चित प्लाष्टिकको पुनचक्राण भनिन्छ । यसको मतलब प्लाष्टिक अपशिष्टबाट पुनः प्लाष्टिक प्राप्त गरी यसबाट नयाँ सामान बनाउने । प्लाष्टिक पुनः चक्रणको सुरुवात सर्वप्रथम सन् १९७० मा क्यालिफोर्नियाको एक कम्पनीले गरेको थियो । यस कम्पनीले प्लाष्टिकको खर्च र दुधको प्लाष्टिक बोतलहरुबाट ढल नालीको लागि टायल्स तयार गर्यो । प्लाष्टिकको पुनः चक्रण धेरै कम गरिन्छ किनकी यो प्रकृया महँगो हुन्छ ।
प्लाष्टिकजन्य पर्दाथ, झोला आदिले स्वास्थ्यमा पार्ने नकारात्मक असरलाई ध्यानमा राखी बंगलादेशमा प्लाष्टिक झोला सन् २००८ देखि प्रतिबन्ध गरी जुटका झोला उत्पादनमा प्रोत्साहन गरिएको छ । त्यस्तै फ्रान्समा २०२० सम्ममा प्लाष्टिक चम्चा काँटा जस्ता वस्तुहरुको प्रयोग हटाइ सक्ने मिति तय भएको छ । नेपालमा पनि विभिन्न शहरी क्षेत्रमा प्लाष्टिक प्रयोग गर्न निषेध गरिएको स्थानीय तहबाट घोषणा गरिए पनि हाम्रा अधिकांश सहरका चौक, गल्ली, टोल राजमार्गका होटेल एवं पर्यटकीय क्षेत्रहरु प्लाष्टिकजन्य सामग्रीहरुको भण्डारण स्थल भएको पाइन्छ । नेपालका पर्यटकीय क्षेत्रमा वि.सं. २०७३ साल कात्तिक २४ गतेबाट प्लाष्टिक झोला र गीलास निषेधित क्षेत्र घोषणा गरिनु सकारात्मक संकेत मान्न सकिएला । सबै जना सचेत भइ यस्ता महत्वपूर्ण कार्यलाई व्यवहारमा सफल पार्नु आवश्यक छ । यो कार्य वातावरणीय र मानवस्वास्थ्यको दृष्टिकोणले पनि अत्यन्त महत्वपूर्ण सुरुवात मान्न सकिन्छ । अन्य ठाउँमा पनि यस्तो कार्य गर्नु आवश्यक देखिन्छ ।















प्रतिक्रिया