Logo

समाचार

स्थापितको वडाको मतगणना सुरु, बालेनको मत निराशाजनक छैन



काठमाडौं । काठमाडौं महानगरको वडा नम्बर २८ को मतगणना सुरु भएको छ । यो एमालेका मेयर उम्मेदवार केशव स्थापितले भोट खसाएको वडा हो । प्रारम्भिक २०० मत गन्दा अहिलेसम्म स्थापितले अग्रता लिएका छन् । ६० मतसहित उनी अग्रस्थानमा रहँदा स्वतन्त्र उम्मेदवार बालेनले ४६ मत ल्याएर पछ्याइरहेका छन् ।

यस्तै कांग्रेसकी सिर्जना सिंहको ३३ मत छ । समग्रमा भने बालेनले अग्रता कायमै राखेका छन् । हालसम्म उनको पक्षमा १६,८९० मत आएको छ । स्थापितले ९,०२१ र सिंहले ८१२६ मत ल्याएर बालेनलाई पछ्याइरहेकी छन् । काठमाडौंको वडा नं २८ पुरानो बसपार्क र बागबजार आसपासको क्षेत्र हो । स्थापितले बागबजारस्थित पद्मकन्या क्याम्पस मतदान केन्द्रमा मतदान गरेका थिए ।

प्रकाशित मिति : जेष्ठ ४, २०७९ बुधबार  ३ : ११ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।