Logo

प्रमुख समाचार

स्थापितलाई आफ्नै वडामा पनि मतदाताले पत्याएनन्



भित्रि बस्तीमा पनि बराबर मत आउने दाबी गरेका बालेन साहले काठमाडौं–२८ मा एमालेका केशव स्थापितसँग हाराहारीको मत ल्याएका छन् ।

स्थापितले १ सय ९ मत ल्याउँदा बालेनले १ सय ५ मत प्राप्त गरेका छन् । यस वडामा कांग्रेसकी सिर्जना सिंहले ७१ मत ल्याएकी छिन् ।

हालसम्म सार्वजनिक परिणाम अनुसार बालेनको मत १८ हजार १६ छ भने स्थापितले ९ हजार ३ सय १९ मत ल्याएका छन् । यता सिंहले भने ८ हजार ३ सय ७२ मत प्राप्त गरेकी छिन् ।

प्रकाशित मिति : जेष्ठ ४, २०७९ बुधबार  ४ : ५८ बजे

942
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।