Logo

समाचार

पालिका प्रमुखको परिणाम: कांग्रेसले ४५ र एमालेले ३० प्रतिशत जिते



काठमाडौँ — वैशाख ३० गते भएको स्थानीय चुनावको बुधबार बेलुकीसम्म ५ सय ४ पालिकाहरु चुनावी परिणाम घोषणा भएको छ । 

जसमा नेपाली कांग्रेसले २२६ पालिका प्रमुख जिल्दै पहिलो स्थानमा आएको छ । जुन घोषित परिणामको करिब ४५ प्रतिशत रहेको छ । त्यसैगरी १ सय ४५ पालिका प्रमुखमा एमालेका उम्मेदवार विजयी भएका छन् ।

च वर्षअघि भएको स्थानीय चुनावमा एमाले पहिलो र नेपाली कांग्रेस दोस्रो स्थानमा रहेको छ। ७ सय ५३ मध्ये नेकपा माओवादी केन्द्रले ९८ स्थानमा जीत हासिल गरेको छ । यसअघि भएको स्थानीयतह चुनाव माओवादी केन्द्र तेस्रो स्थानमा रहेको थियो । नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले ९-९ स्थानीय तह प्रमुख जितेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा, जनमत पार्टी, नेपाल मजदुर किसान पार्टी, लोकतन्त्रिक समाजवादी पार्टी र स्वतन्त्र उम्मेदवारहरुले १७ स्थानीय तहको प्रमुख जितेका छन् ।

प्रकाशित मिति : जेष्ठ ४, २०७९ बुधबार  ९ : ३९ बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।