Logo

पोखरामा ५० हजार मतगणना : गठबन्धनका धनराज दुई हजारले अगाडि



कास्कीको पोखरा महानगरपालिकामा सत्ता गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यले २ हजारभन्दा बढीको मतान्तर बनाएका छन् । ५० हजार ११७ मत गणना हुँदा आचार्यले २० हजार  ७४९ मत पाउँदा एमालेका उम्मेदवार कृष्ण थापाले १८ हजार ३६६ मत पाएका छन् । 

यस्तै उपमेयरमा एमालेका उम्मेदवारको झिनो अग्रता छ । एमाले उम्मेदवार मञ्जुदेवी गुरुङले २० हजार ​९७७ मत पाउँदा गठबन्धनका तर्फबाट काँग्रेसकी उम्मेदवार कोपिला रानाभाटले २० हजार ​९६३ मत पाएका छन् । 

प्रकाशित मिति : ५ जेष्ठ २०७९, बिहीबार ०८:०९   :  बजे

333
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।