कैलालीको टीकापुर नगरपालिकाको मेयरमा नागरिक उन्मुक्ति पार्टीका रामलाल डङ्गौरा थारु विजयी भएका छन् ।
सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार नवराज रावललाई पराजित गरेर थारु टीकापुरको मेयर बनेका हुन् ।
उपमेयरमा भने नागरिक उन्मुक्ति पार्टीका उल्कादेवी विश्वकर्मालाई पराजित गरेर नेकपा माओवादी केन्द्रका खडकबहादुर शाह विजयी भएका छन् ।
नागरिक उन्मुक्ति पार्टी रेशम चाैधरीकाे हाे । उनी ७२ सालमा भएकाे टीकापुर हत्याकाण्डपछि जेलमा छन् । पार्टीकाे नेतृत्व उनकी श्रीमती रञ्जिता श्रेष्ठले गरिरहेकी छन् ।
७४ सालमा भएकाे निर्वाचनमा रेशम फरार रहेकै अवस्थामा टीकापुरबाट चुनाव लडेर भारी मतले विजयी भएका थिए । अहिले जेलमा रहँदा पनि टीकापुरमा उनकाे प्रभाव देखिएकाे हाे ।
प्रतिक्रिया