Logo

समाचार

बिहादी गाउँपालिका अध्यक्षमा कांग्रेसका गुरुङ विजयी



पर्वत – पर्वतको बिहादी गाउँपालिकाको अध्यक्षमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका प्रविण गुरुङ विजयी हुनुभएको छ ।

गुरुङले ३ हजार ४ सय ६९ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका ओमप्रसाद कुँवरले २ हजार ९ सय ३७ मत ल्याउनुभएको छ । 

गाउँपालिकाको उपाध्यक्षमा भने नेकपा एमालेका उम्मेदवार मीना शर्मा तिवारीले ३ हजार २ सय २७ मत ल्याई विजयी हुनुभएको छ ।

उहाँका निकटतम प्रतिस्पर्धी गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका सन्तवहादुर गुरुङले ३ हजार ५० मत ल्याउनुभयो ।

यसरी पर्वतमा सबै पालिकाको नतिजा आएको छ । कुल ७ पालिकामध्ये प्रमुखमा नेपाली कांग्रेसले ५ र नेकपा एमालेले २ पालिकामा जित हासिल गरेका छन् ।

प्रकाशित मिति : ५ जेष्ठ २०७९, बिहीबार ०९:३३   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।