Logo

काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो, के-के खोल्न पाइने ?



काठमाडौं । उपत्यकामा एक साता निषेधाज्ञा थप गरिएको छ । तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) को संयुक्त बैठकले उपत्यकामा एक साता निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।

यद्यपि, थपिएको निषेधाज्ञामा केही प्रावधान खुकुलो पारिएका छन् । उपत्यकाका सीडीओको बैठकले खाद्यान्न पसल बिहान ११ बजेसम्म खोल्न दिने निर्णय गरेको छ ।

यस्तै अनलाइन डेलिभरी दिने, पुस्तक पसल बिहान ११ बजेसम्म खुल्ने, हार्डवेयर पसल अपरान्ह ४ बजेपछि खोल्न पाइने, कृषि कार्य सञ्चालन गर्न दिने, भिसा लिनका लागि सहजिकरण गर्नेलगायत निर्णय गरेको हो ।

गह हप्ता सर्वोच्च अदालतले अनलाइन माध्यमबाट सामान खरिदबिक्री र होम डेलिभरी सेवा नरोक्न अन्तरिम आदेश दिएको थियो । त्यस्तै विकास निर्माणका कार्य अघि बढाउनका लागि आवश्यक ढुवानी सेवा सञ्चालन गर्न सहज बनाइने भएको छ । तर सार्वजनिक तथा निजी सवारी साधनका हकमा लागु व्यवस्था भने कायम नै रहने छ ।

यसअघि सङ्क्रमण बढ्न थालेपछि वैशाख १६ गते एक साताका लागि जारी गरिएको निषेधाज्ञाको अवधि पटकपटक थप गर्दै जेठ महिनासम्म कायम गरिएको थियो ।

करिब एक महिनादेखि निषेधाज्ञा गरिएको भए पनि पूर्ण प्रभावकारी हुन नसकेको स्वास्थ्य मन्त्रालयका अधिकारीहरूको गुनासोबीच कोभिड-१९ सङ्कट व्यवस्थापनसम्बन्धी अध्यादेशले सजाय र जरिबाना तोकेको थियो ।

उक्त अध्यादेशलाई आधार बनाएर जिल्ला प्रशासनले गत हप्तादेखि निषेधाज्ञा निकै कडा बनाएको थियो ।

पछिल्ला हप्ताहरूमा सङ्क्रमित हुनेहरूको सङ्ख्यामा ‘केही कमी देखिएकाले’ निषेधाज्ञा पनि केही खुकुलो पारिएको अधिकारीहरूको भनाइ छ ।

 

प्रकाशित मिति : ३० जेष्ठ २०७८, आईतवार १६:२०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।