Logo

अन्तर्राष्ट्रिय

मारिओपोलमा ७०० युक्रेनी लडाकुले आत्मसमर्पण गरेको रुसको दाबी



मस्को । युक्रेनी पूर्वीसहर मारिओपोलमा थप ७०० भन्दा बढी युक्रेनी लडाकुले आत्मसमर्पण गरेको रुसले दाबी गरेको छ । रुस समर्थक पृथकतावादीहरूका नेता डेनिस पुसिलिनका अनुसार बन्दरगाह सहरको एजोभस्टल स्टिलवर्कमा युक्रेनी लडाकुहरूका शीर्ष कमाण्डरहरू अझै पनि काराखानाभित्र छन् ।

कारखानाभित्र फसेका थप लडाकुको भविष्यबारे युक्रेनी अधिकारीहरूले सार्वजनिकरूपमा टिप्पणी गर्न अस्वीकार गरेका छन् । युक्रेनी सेनाका प्रवक्ता ओलेक्जेन्डर मोटुजायनिकले पत्रकार सम्मेलनमा भने, ‘राज्यले हाम्रा सुरक्षाकर्मीहरूको उद्धार गर्न सक्दो प्रयास गरिरहेको छ । ’

यसबारेमा थप सूचना सार्वजनिक गर्दा उनीहरूको उद्धार पक्रिया जोखिममा पर्ने उनले संकेत गरे । युक्रेनले आफ्ना २५० लडाकुले आत्मसमर्पण गरेको बुधबार पुष्टि गरेको थियो । तर, कारखानाभित्र अझै कति सेना छन् भन्ने बारेमा केही खुलाएको छैन् । –एजेन्सी

प्रकाशित मिति : जेष्ठ ५, २०७९ बिहीबार  १० : ३३ बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।