Logo

प्रमुख समाचार

धरानमा स्वतन्त्रलाई भेट्न गठबन्धनलाई मुस्किल हुँदै



धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्क राज साम्पाङले अग्रता बढाउँदै लगेका छन् ।

सत्ता गठबन्धनलाई पछि पार्दै स्वतन्त्र उम्मेदवार साम्पाङले १४७ मतको अग्रता लिएका छन् । २९ हजार ४६६ मतगणना हुँदा स्वतन्त्र उम्मेदवार साम्पाङले ८ हजार ५०९ मतका पाएका छन् ।

उनलाई पछ्याइरहेका गठबन्धनतर्फबाट कांग्रेसका किशोर राईले ८ हजार ३६२ मत पएका छन् । एमालेकी मञ्जु भण्डारी सुवेदीले ६ हजार ८५८ मत पाएकी छिन् ।

उपमेयरमा भने माओवादी केन्द्रका अइन्द्र विक्रम बेघाले ९ हजार ४३० मत पाएका छन् । उनलाई पछ्याइरहेका एमालेका पदम प्रसाद लिम्बुले ९ हजा ७९ मत पाएका छन् । 

प्रकाशित मिति : जेष्ठ ५, २०७९ बिहीबार  ११ : १० बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।