Logo

युरोकप फुटबल अन्तर्गत आजका तीन खेल



१६ औं संस्करणको युरोकप फुटबल अन्तर्गत आज (आइतबार) विभिन्न तीन खेलहरु रहेका छन् ।

युरोकपमा आज समूह सी को दुई खेल र समूह डी को एक खेलको फिक्स्चर रहेको छ । 

आज हुने पहिलो खेलमा समूह डी मा रहेको इंग्ल्यान्ड र क्रोएसियाबीच प्रतिस्पर्धा हुनेछ ।

लण्डनको वेम्बली स्टेडियममा हुने घरेलु टिम र क्रोएसियाबीचको खेल साँझ ६:४५ बजे सुरु हुनेछ ।

यस्तै आज हुने दोस्रो खेलमा अष्ट्रिया र नर्थ म्यासेडोनियाबीच खेल हुनेछ ।

समूह सी मा रहेको अष्ट्रिया र नर्थ म्यासेडोनियाबीचको खेल राति ९:४५ बजे सुरु हुनेछ ।

आजको अन्तिम खेलमा नेदरल्यान्ड्स र युक्रेनबीच खेल हुनेछ ।

समूह सी को नेदरल्यान्ड्सले घरेलु मैदानमा युक्रेनको सामना गर्नेछ ।

दुई टिमबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ ।

प्रकाशित मिति : जेष्ठ ३०, २०७८ आईतबार  ५ : ४५ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।