नेपाली कांग्रेस निकट नेपाल दलित विद्यार्थी संघ केन्द्रीय समितिले कोरोना भाइरसका कारण दैनिकी संकटमा परेका नागरिकलाई राहत सामग्री वितरण गरेको छ ।
राहतस्वरुप चामल, दाल, तेल, नुन, साबुन, मास्क र सेनिटाइजरलगायतका सामग्री वितरण गरिँदै आएको अध्यक्ष राजु सुनारले बताए । सुनार नै अध्यक्ष रहेको माइटी गरुडा च्यारिटेवल ट्रष्ट र दलित विद्यार्थी संघको संयुक्त आयोजना २२ दिनदेखि राहत वितरण गरिएको उनले जनाए ।
“हामीले यही अवस्थालाई ध्यानमा राखेर सहयोग केन्द्र खोल्यौं, जसले आजसम्म ६ पटक कार्यालयबाट नै राहत वितरण गरिसकेको छ,” अध्यक्ष सुनारले भने, “यो असहज अवस्थामा हामी राजनीतिक र सामाजिक अभियान चलाउँदै आएकाले केही समाजसेवा गरेर देखाउनुपर्छ भनेर अभियान थालेका हौं, सबैको सहयोगमा सफल भएका छौं ।”
सहयोग केन्द्रका अध्यक्ष सुनारले कोरोना नियन्त्रणमा आएपछि पनि संस्था सक्रिय रहने र सामाजिक क्षेत्रमा काम गर्ने बताए । ‘संस्थाले कसैलाई अप्ठेरो परेको खण्डमा सहयोग र समन्वय गर्नेसमेत उनले बताएका छन् ।















प्रतिक्रिया