Logo

अन्तर्राष्ट्रिय

अफ्रिकी मुलुक क्यामरुनमा प्यालेस्टाइनका १९ जना कामदार अपहरण



काठमाडौं । ( अफ्रिकी मुलुक क्यामरुनमा प्यालेस्टाइनका १९ जना कामदार अपहरणमा परेका छन् । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार क्यामरुनको दुर्गम क्षेत्रमा ती कामदार अपहरणमा परेका हुन् ।

क्यामरुनको सुरक्षा निकायले दिएको जानकारी अनुसार मुलुकको दक्षिण पश्चिमी क्षेत्रमा कार्यरत १९ जना प्यालेस्टाइनी कामदारहरु अपहरणमा परेका हुन् ।

क्यामरुन विकास संस्थामा कार्यरत उनीहरु अपहरणमा परेका बताइएको हो । क्यामरुनको दक्षिण पश्चिमी क्षेत्र इडेनेउमा सो कम्पनीमा कार्यरत उनीहरु अपहरणमा परेका अधिकारीहरुले जानकारी दिएका छन् ।

एकजना सरकारी अधिकारीले आफ्नो नाम नबताउने शर्तमा सो कुराको जानकारी दिएका हुन् । उनका अनुसार ती अधिकारीले मंगलबार सो क्षेत्रमा केही बन्दुकधारी आएका र कम्तीमा पनि १९ जना प्यालेस्टाइनी कामदारलाई अपहरण गरेर लगेका छन् ।

उनीहरुलाई कसले र किन अपहरण गरी लगेका हुने भन्ने बारेमा केही खुलेको छैन । प्रहरीले अनुसन्धान सुरु गरेको बताएको छ ।

प्रकाशित मिति : जेष्ठ ५, २०७९ बिहीबार  ५ : ४७ बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।