हुम्लाको चंखेली गाउँपालिका अध्यक्षमा स्वतन्त्र उम्मेदवार प्यारीलाल शाही निर्वाचित भएका छन् ।
माओवादी केन्द्रका गोविन्दबहादुर शाहीलाई पराजित गर्दै स्वतन्त्र उम्मेदवार प्यारीलाल अध्यक्षमा निर्वाचित भएका हुन् । अध्यक्षमा निर्वाचित प्यारीलालले १ हजार ५२३ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका शाहीले १ हजार २० मत पाए ।
उपाध्यक्षमा भने एकीकृत समाजवादीकी प्रेमकला शाही निर्वाचित भएकी छिन् । उपाध्यक्षमा निर्वाचित समाजवादीकी प्रेमकलाले १ हजार २ सय ६३ मत प्राप्त गर्दा कांग्रेसकी मैना बुढाले १ हजार २७ मत पाइन् ।
प्रतिक्रिया