नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमकमा राष्ट्रिय प्रजातन्त्र पार्टी विजयी भएको छ । नेकपा एमालेकी उम्मेदवार गीता अधिकारीलाई पराजित गर्दै राप्रपाका राम थापा मेयरमा निर्वाचित भएका हुन् ।
थापा कांग्रेस–माओवादीसहितको ६ दलीय गठबन्धनबाट चुनावी मैदानमा थिए । एमाले एक्लै प्रतिस्पर्धामा थियो ।
उपमेयरमा कांग्रेसकी रेगिना भट्टराई विजयी भएकी छन् । अन्तिम परिणाम आइसके पनि औपचारिक घोषणा हुन बाँकी छ ।
प्रतिक्रिया