पाँचजना पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल र डा. बाबुराम भट्टराईले एक संयुक्त वक्तव्यमार्फत केही गम्भीर प्रश्न उठाए । सामन्त गोयलको अपारदर्शी र गैरकूटनीतिक देखिने बालुवाटार प्रवेशसँगै ओलीले आफ्नो दलका नेतालाई लगाएको आरोप स्वतः खण्डित हुँदै गएको अवस्थामा पाँच पूर्वप्रधानमन्त्रीहरु मुलुकमा ‘विदेशी हस्तक्षेप’ को प्रसंग उठाए ।
उनीहरूले वक्तव्यमा ‘नेपालको आन्तरिक राजनीतिमा बाह्य शक्तिको प्रत्यक्ष वा परोक्ष हस्तक्षेप एवं चलखेल हुन नपाओस् भन्नेमा सबैको ध्यान आकर्षित गर्न चाहेको’ उल्लेख गरेका छन् । यसअघि मध्यरातमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले पनि मुलुकमा गम्भीर अवस्था आउनसक्ने भन्दै प्रधानमन्त्री ओलीलाई जानकारी गराएको सार्वजनिक सञ्चारमाध्यममा बोलेका थिए । मुलुकको राजनीति अस्थिर भएको अवस्थामा फेरि नयाँ प्रसंग सतहमा आएको छ ।
विगत लामो समयदेखि नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भरतीय सैनिक राख्ने प्रयास गरिरहेको भारतले त्रिभुवन विमानस्थलमा सौर्य ऊर्जा प्लान्ट स्थापना गर्ने नाममा आफ्नो एजेन्ट तैनाथ गर्ने भएको छ ।
विमानस्थललगायतका अन्य संवेदनशील तथा रणनीतिक महत्त्वका स्थानमा नेपाल विद्युत् प्राधिकरणमार्फत सौर्य ऊर्जा प्लान्ट जडान गर्न लागेको हो । उक्त कार्यलाई सार्थकता दिन नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले भारतको नेशनल पावर कर्पोरेसन लिमिटेड (नटीपीसी) सँग समझदारी पत्रमा हस्ताक्षरसमेत गरिसकेको स्रोतले बताएको छ ।
सहसचिव तथा सचिवस्तरीय बैठकले गरेको निर्णयका आधारमा उक्त समझदारी पत्र पत्रलाई प्राधिकरण बोर्डको बैठकले पारित गर्ने भनिए पनि सचिवस्तरीय बैठकमा भने सौर्य ऊर्जा जडान गरिदिने भन्ने एजेन्डामा सम्बन्धित निकायहरूबीच छलफल गर्नेसम्मको निर्णय मात्र भएको उक्त बैठकको माइन्युटमा उल्लेख गरिएको छ ।
त्यसरी विमानस्थलजस्तो संवेदनशील विषयमा यतिकै काम अघि नबढ्ने उल्लेख गर्दै यसको लागि अनुमति लिइएको वा नलिइएको विषयमा बुझ्नु पर्ने विषयमा परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्साल बताउँछिन् । अनलाइनपनासँगको कुराकानीमा उनले भनिन्, “यस्तो किसिमको कार्य होला जस्तो मलाई लाग्दैन । अन्तर्राष्ट्रिय विमानस्थलको कुरा त हामीसँगै आएर जोडिन्छ नै । अब यसमा अनुमति लिइएको वा नलिइएको विषमा बुझ्नुपर्छ । यसै बोल्न सकिन्न ।”
विमानस्थलको विषय संवेदनशील भएकाले यसको संवेदनशीलतालाई पनि ध्यानमा राख्नुपर्ने नेकपा एमाले नेता तथा परराष्ट्र मामिलासम्बन्धी जानकार डा. दीपकप्रकाश भट्ट बताउँछन् । उनले अनलाइनपनासँग भने, “भौगोलिक संरचनाले हाम्रो देशको सिमाना चार दिशामा छ । तर अन्तर्राष्ट्रिय विमानस्थल भनेको पनि एक सिमाना नै हो । यस्तो क्षेत्रमा राष्ट्रिय लगानी गर्दा उक्त क्षेत्रको संवेदनशीलतामा ध्यान पुर्याउनु पर्छ ।”
त्यस्तै अर्का परराष्ट्रविद् दिनेश भट्टराईले पनि संवेदनशीलतामै जोड दिएका छन् । उनले भने, “विमानस्थल आफैँमा संवेदनशील स्थान हो । उक्त स्थानमा हरेक कुराको विवरण वा रेकर्ड राखिएको हुन्छ । तर पनि कार्य अघि बढाउँदा होसियार भएर, विचार पुर्याएर विवेकपूर्ण तवरबाट कार्य गर्नुपर्छ ।”















प्रतिक्रिया