Logo

प्रमुख समाचार

छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु



काठमाडौँ । झापा, मोरङ, दाङ र कञ्चनपुरमा भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ ।
झापाको बिर्तामोड नगरपालिका–२ रामचोकमा प्रदेश १–०१–००१ ख ३५९४ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका–४ बस्ने ५२ वर्षीय टंक काफ्ले रहेका छन् । उनको बिहीबार मृत्यु भएको हो ।

मोरङको सुनवर्षी नगरपालिका–६ मा को२त १४३७ नम्बरको ट्रयाक्टर बिहीबार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्रयाक्टरमा सवार सोही नगरपालिका–५ बस्ने ४५ वर्षीय राज कुमार सरदार रहेका छन् ।

दाङको तुलसीपुर उपमहानगरपालिका–४ हरनेटीमा रा१प ८६७९ नम्बरको मोटरसाइकल रा१क ५६५ नम्बरको टिपरमा बिहीबार ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक सल्यान कपुरकोट गाउँपालिका–३ बस्ने २० वर्षीय आकाश सेन रहेका छन् ।

कञ्चनपुरको भिमदत्त नगरपालिका–५ तिनतारामा म२प ८०२४ नम्बरको मोटरसाइकललाई म२प २७६ नम्बरको मोटरसाइकलले बिहीबार राति ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा म२प ८०२४ नम्बरको मोटरसाइकल चालक सोही नगरपालिका–१० बस्ने ३८ वर्षीय बिरेन्द्र चन्द रहेका छन् ।

प्रकाशित मिति : जेष्ठ ६, २०७९ शुक्रबार  २ : १९ बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।