सिन्धुपाल्चोकमा निषेधाज्ञा एक साता लम्बिएकाे छ। जेठ मसान्त सम्म लगाएको निषेधाज्ञा असार ७ गते राति १२ बजेसम्म कायम भएकाे जिल्ला प्रशासन कार्यालयले जानकारी दिएकाे छ।
कोरोना भाइरस सङ्क्रमितको संख्यामा कमी नआएपछि निषेधाज्ञालाई निरन्तरता दिईएको प्रमुख जिल्ला अधिकारी अरुणकुमार पोखरेलले जानकारी दिए।
कोरोना भाइरस नियन्त्रण र रोकथामको लागि गत वैशाख २३ गते देखि निषेधाज्ञा लगाइँदै आएको छ। निषेधाज्ञाको समयमा अत्यावश्यक काम नपरी घरबाट बाहिर ननिस्कन र निस्कनै परेमा स्वास्थ्य मापदण्ड अपनाउन समेत जिल्ला प्रशासन कार्यालयले सर्वसाधरणलाई आग्रह गरेको छ।















प्रतिक्रिया