सिन्धुली-काठमाडौँ सम्पर्क समिति र नेपाली काङ्ग्रेस गोलन्जोर-काठमाडौं सम्पर्क समितिको संयुक्त अभियान अन्तर्गत २०७८ साल ज्येष्ठ ३१ गते सोमबार सिन्धुली जिल्लाको गोलन्जोर गाउँपालिकामा त्यहाँका नागरिकलाई सहयोग गरेका छन् ।
कोही पनि नागरिक स्वास्थ्य सेवाबाट वञ्चित नहोऊ भन्ने उद्देश्यले स्वास्थ्य सामाग्री वितरण गरिएको हो । स्वास्थ्य सामग्रीहरू ४,२०० वटा मास्क, २५ लिटर स्यानिटाइजर, २० वटा फेस सिल्ड, २ वटा PPE SET, २ वटा अक्सिमिटर , २ वटा अक्सिमिटर सोही गाउँपालिकाका स्वास्थ्य कार्यालयका वीरेन्द्र साह, शान्ता भण्डारी, नेपाल शिक्षक सङ्घ सिन्धुलीका जिल्ला उपाध्यक्ष सुमन कोइराला, गोलन्जोर ९३ का वार्ड अध्यक्ष पुष्कर बराल, नेपाल शिक्षक सङ्घ गोलन्जोरका सचिव अनुप बराल लगायतको रोहबरमा गाउँपालिकाका अध्यक्ष एवम् नेपाली काङ्ग्रेसका युवा नेता आदरणीय पुष्पबहादुर कार्की मार्फत गाउँपालिकालाई हस्तान्तरण गरिएको हो ।
उक्त हस्तान्तरण कार्यक्रममा अध्यक्ष कार्कीले दुवै सम्पर्क समितिलाई धन्यवाद दिँदै आगामी दिनमा पनि गोलन्जोरवासीको घाउमा यसैगरी मलहम लगाउने विश्वास व्यक्त गर्दै सदैव हातेमालो गर्दै अगाडि बढ्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।
कार्कीले भने यो हामी सबैले एक अर्कालाई साथ दिने समय हो । हरेक नागरिकको आफ्नो प्यारो जीवन बचाउनको लागि हाम्रो प्रयास निरन्तर जारी रहनेछैन । हाम्रो एउटै कामना छ यस्तो बेलामा हस्पिटल र स्वास्थ्य सामग्रीको अभावमा कुनै पनि नागरिकले ज्यान गुमाउनु नपरोस् ।
हाम्रो यस अभियानमा भित्रैदेखि तन, मन र धन तिनै कुराले सहयोग सहयोगी मनहरू प्रति धन्यवाद व्यक्त गरेका छन् । उनले थपे नागरिकको जीवन रक्षाका लागि सबै आआफ्नो क्षेत्रमा विवेकपूर्ण ढङ्गले लागौँ । यो महामारीलाई हामी छिट्टै परास्त गर्नेछौँ र यो लँडाइ हामी अवश्य जित्नेछौँ ।















प्रतिक्रिया