प्युठान : सरूमारानी गाउँपालिका-४ खहरेखोलास्थित भालुवाङ-प्युठान सडकमा अबिरल वर्षाको कारण मंगलबार बिहान पहिरो खस्न गई बाटो अवरोध भएको छ ।
त्यसैगरी बैतडी, पुर्चौडी नगरपालिका-६ स्थित खोड्पे-बझाङ सडकमा अबिरल वर्षाका कारण मंगलबार बिहान पहिरो खस्न गई बाटो अवरोध भएको छ ।
रसुवा, गोसाईकुण्ड गाउँपालिका-५ स्याफ्रुस्थित पासाङ ल्हामु (धुन्चे-स्याफ्रुवेशी-टिमुरे) सडकमा मंगलबार बिहान पहिरो खस्न गई बाटो पूर्णरुपमा अवरोध भएको छ ।
मकवानपुर, ईन्द्रसरोबर गाउँपालिका(२ झरनाखोल्सास्थित महालक्ष्मी खोला र झरना खोल्सामा सोमबार राति आएको बाढीले बगाई बाटो निर्माणमा प्रयोग हुने सामग्री १ थान मिक्चर, पानी बोक्ने ट्याङ्कर र ५ क्विन्टल रड तथा मर्मत गरिरहेको बाटो अन्दाजी १ सय ५० मिटर सहित बगाई क्षति भएको छ ।
नजिकको कार्यालयबाट तत्काल खटि गएको प्रहरीले अवरोध सडक जेसिबीको सहयोगमा खुलाउने कार्य गरिरहेको छ ।















प्रतिक्रिया