Logo

स्वास्थ्यकर्मीमाथि बन्दुकधारीको आक्रमण, चार जना मारिए



काबुल । अफगानिस्तानको पूर्वी  नांगारहार क्षेत्रमा बन्दुकधारीले स्वास्थ्यकर्मीमाथि आक्रमण गर्दा चार जनाको ज्यान गएको छ । नांगारहार क्षेत्रस्थित पोलियो थोपा अभियानका स्वास्थ्यकर्मीमाथि लक्षित गर्दै मंगलबार आक्रमण भएको हो ।

तीन महिनाको अवधिमा खोपका कर्मचारीहरुमाथिको यो दोस्रो आक्रमण हो । सरकारी अधिकारीहरुले भने यस घटनालाई तालिबान आक्रमण भन्दै आरोप लगाएका छन् । तर तालिबान समूहले यस आक्रमण आफूले गरेको कुरा अस्वीकार गरेको छ ।

अफगानिस्तान, पाकिस्तान लगायत छिमेकी देशमा पोलियो तथा अन्य विभिन्न खोप अभियान सञ्चालनमा भए पनि ती देशमा यस्ता खोपबारे अफवाह समेत फैलाइएका छन् ।

मंगलबार खग्यानी जिल्लामा भएको आक्रमणको क्रममा दुई खोप कर्ताहरू मारिनुका साथै एक जना घाइते भएका छन् ।

प्रकाशित मिति : १ असार २०७८, मंगलवार १६:३४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।