Logo

बागमती प्रदेशले ल्यायो ५७ अर्ब ७२ करोडको बजेट



काठमाडौं । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षकाका कूल ५७ अर्ब ७२ करोड नौ लाख रुपैयाँको बजेट ल्याएको छ । यो चालु आवकोभन्दा सवा ६ अर्ब ठूलो बजेट हो ।

प्रदेश सरकारले ल्याएको कूल बजेटमा चालु खर्चतर्फ २६ अर्ब एक करोड (४५ प्रतिशत), पुँजीगततर्फ २९ अर्ब ७० करोड (५१ प्रतिशत) र वित्तीय व्यवस्थातर्फ दुई अर्ब (४ प्रतिशत) रहेको छ ।

सरकारले खर्चको व्यवस्थापनमा भने कर राजस्वबाट २३ अर्ब ८२ करोड, राजस्व बाँडफाँटबाट ६ अर्ब ८२ करोड, संघीय सरकारको वित्तीय हस्तान्तरणबाट प्राप्त हुने १६ अर्ब ९२ करोड, विविध प्राप्ति एक अर्ब पाँच करोड र चालु आर्थिक वर्षको नगद मौज्दात नौ अर्ब १० करोड रुपैयाँ हुने अनुमान गरेको छ ।

प्रकाशित मिति : १ असार २०७८, मंगलवार १८:२३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।