सिन्धुपाल्चोकको बाढीमा परि घाइते भएकाहरुलाई सेनाको हेलिकोप्टरमार्फत उद्धार भइरहेको छ । जिल्लाको मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीमा घाइते भएका तीन चिनियाँ नागरिक र तीनजना नेपाली नागरिकलाई उद्धार गरि सेनाको हेलिकोप्टरमार्फत नै उपचारका लागि काठमाडौं ल्याइएको छ ।
सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालका अनुसार छ जनाको अवस्था गम्भीर भएका कारण उपचारका लागि काठमाडौं ल्याइएको हो ।
उनले हालसम्म ७ जना बेपत्ता भएको जानकारी प्राप्त भएको र एकजना पुरुषको शव फेला परेको जानकारी दिए । उनले उद्धार कार्य जारी रहेकोसमेत बताएका छन् ।
मेलम्ची नगरपालिका र इन्द्रावती गाउँपालिका जोड्ने पुलसहित तीनवटा मोटरवेल पुलहरु भत्किएका छन् भने नदी किनारका थुप्रै संरचनाहरुमा क्षति पुगेको छ ।
प्रितिनिधि तस्बिर ।















प्रतिक्रिया