Logo

फलामको गेटमा च्यापिएर ६ वर्षीया बालिकाको मृत्यु 



पर्सा : धोबिनी गाउँपालिका-३ गुलरिया बस्ने साहेब पटेलकी छोरी ६ वर्षीया मिरा कुमारी पटेलको आफ्नै घरको कम्पाउण्डमा रहेको फलामको गेटमा च्यापिएर मंगलबार साँझ मृत्यु भएको छ । 

गेट नजिकै खेलिरहेको अवस्थामा हावाहुरीको कारण गेट लडेर मिरा च्यापिदा गम्भीर घाइते भएकोमा उनको नेशनल मेडिकल कलेज वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २ असार २०७८, बुधबार १३:४९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।