विगठित प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोकको बाढीग्रस्त क्षेत्रको निरीक्षणका लागि उक्त स्थानमा पुगेका छन् ।
बुधबार बिहान बाढीग्रस्त क्षेत्रको निरीक्षण गर्न पुगेका सापकोटाले विपदबाट प्रभावित नागरिकको तत्काल उद्धार एवं राहतमा जुट्न उनले सबैमा अपील गरेका छन्।
जिल्ला प्रहरीका अनुसार अहिलेसम्म दुई पक्की मोटरबेलसहित आधा दर्जन झोलुंगे पुल र घर बगेको विवरण छ । इन्द्रावती र मेलम्ची जोड्ने मोटरेबल पुल बगेको छ । हेलम्बुबाटै उर्लिंदै आएको मेलम्चीले आठवटा ट्राउट माछा फर्म, नाकोते पुल, तिम्बु, चनौटे बजार, खेतीयोग्य जमिन, आमाह्योल्मो बसपार्क, सिटी पार्क बगाएको उनले जानकारी दिए ।
उक्त क्षेत्रमा बाढीक कारण बेपत्ता भएका ७ जनाको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डीएसपी प्रकाश सापकोटाका अनुसार मंगलबारदेखि बेपत्ता भएका सातै जनाको शव भेटिएको हो ।
मृतकमध्ये ६ जनाको पहिचान खुलेको र उनीहरु सबै मेलम्ची ट्राउट फर्ममा कार्यरत रहेको डीएसपी सापकोटाले जानकारी दिए । मृत्यु हुनेहरूमा हेलम्बु(२ का ३१ वर्षीय माधव भण्डारी , ४२ वर्षका गणेश ज्योति, हेलम्बु(३ का १३ वर्षीया टीकामाया खड्का, हेलम्बु(७ का ज्ञानेन्द्र कक्षपति, चौतारा साँचोकगढी नगरपालिकाका २३ वर्षीय समुन्द्र नेपाल र हेलम्बु(६ का च्याङ्बा तामाङ छन् ।















प्रतिक्रिया