Logo

किम जोङले भने – महामारी र टाइफूनले खाद्य संकटको अवस्था आयो 



सिओल । उत्तर कोरियाली नेता किम जोङ उनले कोरोना महामारी र टाइफूनले गर्दा खाद्य संकट सिर्जना भएको बताएका छन् । उनले यस वर्ष मुलुकको अर्थतन्त्रमा सुधानर भएको तर, कोरोना भाइरस र गत वर्षको तुफानका कारण खाद्य संकट सिर्जना भएको बताएका छन् । 

सत्तारुढ वर्कस पार्टीको केन्द्रीय कमिटी बैठकको अध्यक्षता गर्दै नेता किमले मंगलबार यस्तो बताएका हुन् । उत्तर कोरियाली समाचार एजेन्सी केसीएनएका अनुसार मुख्य नीति र आर्थिक मुद्दाहरुको समाधानका लागि अपनाइएका प्रक्रियाहरुको समीक्षाका लागि बसेको बैठकमा नेता किमले आर्थिक सूचकहरुमा सुधार भएको बताएका हुन् । 

गत फ्रेब्रअरिमा बसेको बैठकले पाँच वर्षीय आर्थिक योजनामा समीतिले केही लक्ष्यहरु र हासिल गर्नुपर्ने उपलब्धीहरु निर्धारण गरेको थियो । जसमा खाद्य र मेटल उत्पादनमा वृद्धि गर्ने उल्लेख गरिएको थियो । नेता किमले पहिलो अर्धवार्षिक समीक्षाका क्रममा समग्र आर्थिक सुधार भएको बताएका हुन् । उनले ओद्योगिक उत्पादनमा २५ प्रतिशतले वृद्धि भएकोसमेत बताएका छन् । 

गत वर्षको तुफानका कारण कृषि उत्पादनमा ठूलो क्षति पुर्‍याएपछि खाद्य अवस्था तनावपूर्ण बन्‍ने स्थिति सिर्जना भएको उनले बताएका छन् । उनले पार्टीले यस वर्ष कोरोना महामारीविरुद्ध लड्‍न र खाद्य संकट समाधान गर्न कृषिमा जोड दिने प्रतिबद्धता व्यक्त गरेका छन् । – रोयटर्स

प्रकाशित मिति : २ असार २०७८, बुधबार १५:०२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।