Logo

मन्दिरको मूर्ति चोरी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा पक्राउ



चन्दननाथ नगरपालिका(५ स्थित चन्दननाथ मन्दिरको मूर्ति चोरी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ३ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरुमा सोही नगरपालिका(१० वस्ने ३२ वर्षीय सुशिल विष्ट, सोही ठाउँ बस्ने तातोपानी गाउँपालिका(८ घर भएका २८ वर्षीय जयलाल थापा र चन्दननाथ नगरपालिका(१० बस्ने २३ वर्षीय सुदिप रावल रहेका छन् । 

बिषेश सूचनाको आधारमा कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत र जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरीले  चन्दननाथ(१० बोहोरागाउँस्थित सुशिल विष्टको जग्गाको खादामा बेरी राखेको अवस्थामा २०७३ मंसिर ११ गते चोरी भएका चाँदी जस्तो देखिने धातुका २ थान मूर्ति फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । 

उनीहरु उपर जिल्ला अदालत जुम्लाबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । 

प्रकाशित मिति : आश्विन २०, २०७७ मंगलबार  २ : २० बजे