Logo

असार ७ पछि उपत्यकाकाे निषेधाज्ञा के हुन्छ ? सिसिएमसीले गर्‍याे यस्ताे प्रस्ताव, यी मुलुकमा हवाइ उडान खुलाउन सिफारिस



मध्य वैशाखबाट काठमाडाैं उपत्यकामा जारी निषेधाज्ञा असारसँगै खुकुलाे भएकाे छ। अत्यावश्यक सेवाका पसल सञ्चालनकाे अवधि बढाइएकाे छ भने पुस्तक पसल, हार्डवयर पसल पनि खुलेका छन्। रेस्टुरेन्टमा टेक-अवे सेवा सुरु भएकाे छ।

३१ जेठमा एक साताका लागि लम्ब्याइएकाे निषेधाज्ञा ७ असारमा सकिँदैछ। त्यसपछि उपत्कायमा निषेधाज्ञा कायमै रहन्छ वा खुल्छ ? जनमानसमा यही प्रश्न छ।

तर, काेराेना भाइरसकाे संक्रमणदर खासै घटेकाे छैन भने सरकारले अहिलेसम्म खाेप किनेर ल्याउन सकेकाे छैन। विज्ञहरु खाेप नै अहिलेकाे अचुक उपाय बताइरहेका छन्।

याे अवस्थामा तत्काल निषेधाज्ञा नखुल्ने देखिन्छ।

कोभिड-१९ व्यवस्थापन निर्देशक समितिको दोस्रो बैठकले  पनि जोखिम रोक्ने र सँगै अत्यावश्यक वस्तु उत्पादन र आपूर्तिसहित ‘स्मार्ट लक डाउन’ तर्फ जान  सरकारलाई सिफारिस गरेको छ।

अबको साता जारी निषेधाज्ञा कायम राख्दै त्यसपछिको अवस्था मूल्याङ्कन गर्ने र स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गराई केही क्षेत्र खुल्ला गरिनुपर्ने निष्कर्ष समितिले निकालेको जानकारी प्रधानमन्त्रीको निजी सचिवालयले दिएको छ।

बैठकले नेपाली श्रमिक अधिक संख्यामा रहेका टर्की, कतार, साउदी अरेबिया, युएई ,जापान र मलेसिया जस्ता देशमा हवाई उडान पुनः संचालनका लागि सरकारलाई सिफारिस गरेकाे छ। यी देशहरुबाट सातामा दुई हजारजना यात्रुभन्दा नबढ्ने गरी हवाई उडान सञ्चालन हुने छन्।

प्रकाशित मिति : ३ असार २०७८, बिहीबार ०६:५९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।